५८५ ट्‍याबलेटसहित एकजना पक्राउ

२२ भाद्र २०७८, मंगलवार १४:०२

काठमाडौं । प्रहरीले नागढुंगाबाट लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाले चन्द्रागिरी नगरपालिका(२ मा चेकजाँच गर्दा लागुऔषधसहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरी रुपनी गाउँपालिका-६ का १९ वर्षीय शुरेश खङ्ग रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट निट्राभेट-१० लेखिएको ५८५ ट्‍याबलेट बरामद गरेको छ ।

राजबिराजबाट काठमाडौतर्फ आउदै गरेको ना.५ख ५३१५ नम्बरको बसलाई नागढुंगामा चेकजाचँ गर्दा लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।