फुटबलर पेलेको पेलेको शल्यक्रिया सफल

२२ भाद्र २०७८, मंगलवार ११:५४

काठमाडौं । ब्राजिलका महान् फुटबलर पेलेको शल्यक्रिया सफल भएको छ । कोलोनबाट सफलतापूर्वक ट्युमर हटाइएको र चाँडै निको हुनेमा आफू आशावादी रहेको उनले बताएका छन् ।

तीन पटकका विश्व च्याम्पियन पेलेका अनुसार गत साता अस्पतालमा परीक्षणका क्रममा ट्युमर पहिचान भएको थियो । ८० वर्षका पेलेले निको हुनेमा आशावादी रहेको र उपचार प्रक्रियाभर आफ्नो अनुहारमा हाँसो ल्याउने बताएका छन् ।

पेलेले इन्स्टाग्राम पोस्टमार्फत आफ्नो स्वास्थबारे जानकारी दिएका हुन् । यसअघि पेलेको अवस्था निकै खराब भएको र उनी अस्पतालमै ढलेको हल्ला पनि चलेको थियो ।

‘म बेहोश भएको थिइनँ र निकै राम्रो अवस्थामा छु,’ हल्लाको खण्डन गर्दै पेलेले भनेका छन्,‘महामारीका कारण लामो समय मेरो नियमित चेकजाँच प्रभावित भएको थियो र भर्खरै फेरि नियमित चेकजाँचका लागि गएको थियो,’ उनले लेखेका छन् ।