
काठमाडौं । भाद्र १८ शुक्रबार साँझ दरबार मार्गस्थित उडल्यान्ड होटेलमा रोटरी क्लब अफ काठमाडौं कलंकी (आर.सि.केटिएम. कलंकी) को दोश्रो क्लब एसेम्बली तथा क्लबको पहिलो तिज बिशेष कार्यक्रम सम्पन्न भएको छ । आर.आई. डिस्टि«क नेपाल भुटान ३२९२ अन्तर्गत रहेको क्लबको उक्त कार्यक्रममा डिस्टि«कका असिस्टेन्ट गभर्नर भरत कुमार श्रेष्ठ गेष्ट स्पिकरको रुपमा उपस्थित थिए । साथै क्लब एडभाइजर रोटरियन राजेन्द्र कुमार दाहालको पनि उपस्थिती थियो ।

कार्यक्रममा रोट्रयाक्ट क्लब अफ काठमार्डौ कलंकीका सदस्यहरुका साथै लोक दोहोरी गायक नरेन्द्र आचार्यको पनि उपस्थिती रहेको थियो ।

काठमाडौंमा निषेधाज्ञा हटेसँगै क्लबको काम कारबाही गर्न सहज हुने कुरा क्लबका पे्रसिडेन्ट रोटरियन दुर्गा मैनालीले बताइन् । उनले भनिन, “निषेधाज्ञा हटाए पनि हामी हाम्रो क्लबको कार्यक्रमहरु भौतिक रुपमा उपस्थित भएर गर्नुपर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर मात्र कार्यक्रमहरु सञ्चालन गर्नेछौँ ।”

लोक दोहोरी गायक आचार्यले उनकै गीत “साह्रै झल्को आयो, तिम्रै पिरले मलाई यस्तो बनायो” गीत गाएर तिज बिशेष कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएका थिए । उक्त कार्यक्रममा ६० जनाको उपस्थिती रहेको थियो ।

