भारतसँग नेपाल २–१ ले पराजित

२० भाद्र २०७८, आईतवार १९:३९

काठमाडौं । भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल नेपालले २–१ ले गुमाएको छ ।

बिहीबार भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा हार ब्यहोरेको हो ।

भारतलाई जित दिलाउन ६३ औं मिनेटमा फारुख चौधरी र ८० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरे ।

नेपालका तेज तामाङले ८६ औं मिनेटमा सान्त्वना गोल फर्काए ।