उदयपुरमा एक बालिकाको मृत्यु

२० भाद्र २०७८, आईतवार १४:०१

काठमाडौं ।
उदयपुरको त्रियुगा नगरपालिका स्थित भालु खोलामा आएको बाढीले बगाएर स्थानीय १३ वर्षीया बालिकाको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका–७ घर भएकी यसिका राईको आइतबार विहान बाढीले बगाउँदा मृत्यु भएको उदयपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए ।

खोला छेउमा पार्किङ गरेर राखेको प्र–१–०५–००१ ह ०१२७ नम्बरको अटो बाढीले बगाउने डरले पन्छाउन परिवारसँग गएकी बालिकालाई अचानक आएको बाढीले बगाएको थियो ।

प्रहरीले ८ किलोमिटर तल त्रियुगा नगरपािलका–९ बाट बालिकाको शव निकालेको छ । उनको शव पोष्टमार्टमका लागी जिल्ला अस्पतालमा राखिएको छ ।