तस्बिरका कारण भए भाइरल भयो आइएसआइ प्रमुखको गोप्य यात्रा

२० भाद्र २०७८, आईतवार १२:४६

काठमाडौं ।
पाकिस्तानको गुप्तचर एजेन्सी आइएसआइका प्रमुख काबुल पुगेका छन् र उनको एउटा तस्बिर मज्जाले भाइरल भइरहेको छ । इन्टर सर्भिसेज इन्टिलिजेन्स (आइएसआइ) का प्रमुख लेफ्टिनेन्ट जनरल फैज हामिद शनिबार तालिबान नेतालाई भेट्न काबुल पुगे ।

जनरल फैज हामिद आफगानिस्तानमा सरकार बनाउनका लागि चलिरहेको रस्साकस्सीबीच त्यहाँ पुगेका हुन् । त्यहाँ हालसम्म सरकारमा कसको के हैसियत हुन्छ भन्नेबारे सहमति स्थापित हुन सकेको छैन ।

पछिल्ला तनावपूर्ण केही हप्तामा जनरल हामिदको यो दोस्रो काबुल यात्रा भएको धेरैले दाबी गरेका छन् । मिडिया रिपोर्ट अनुसार अघिल्लो हप्ता सीआइएका निर्देशक विलियम बर्न्स पनि तालिबान नेता अब्दुल गनी बरादरसँग भेटघाट गर्न काबुल पुगेका थिए ।