अफगानिस्तानबाट ८६० जना नेपालीको उद्धार

२० भाद्र २०७८, आईतवार ११:५१

काठमाडौं । अफगानिस्तानबाट हालसम्म ८६० जना नेपाली उद्धार भएर स्वदेश फर्किएका छन् । बिहीबार राति दुई र शुक्रबार थप एक जना नेपाली काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेका अन्य नेपालीलाई पनि स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि मन्त्रालयले बताएको छ ।