जापान र तुलसीपुर उपमहानगपालिकाबीच स्मार्ट सिटी बनाउने समझदारी

१२ मंसिर २०७४, मंगलवार १४:१९

मंसिर १२, काठमाडौं । पोखरा र धनगढी उपमहानगपालिलाई स्मार्टसिटी बनाउने समझदारी गरेको जापानस्थित न्यू आइटी भेन्चर कर्पोरेशन लिमिटेड र दाङको तुलसीपुर उपमहानगरपालिकाबीच स्मार्ट सिटीका रुपमा विकास गर्न समझदारी भएको छ ।

मंलबार तुलसीपुरमा एक आपचारिक कार्यक्रमको आयोजना गरी न्यू आइटी भेन्चर लिमिटेड र तुलसीपुर उपमहानगरपालिबीचमा समझदारी भएको हो ।  समझदारी पत्रमा कम्पनीका तर्फबाट कार्यकारी निर्देशक तादासी मोरी र उपमहानगरपालिकाका तर्फबाट नगरप्रमुख घनश्याम पाण्डेले हस्ताक्षर गरेको छ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत मोरीले तुलसीपुरलाई नमूना स्मार्ट सिटीका रुपमा विकास गर्न तत्काल काम थाल्ने बताउँदै पहिलो चरणमा तथ्यांक संकलन गर्ने र त्यसपछि प्रोजेक्ट बनाएर काम गर्ने जानकारी दिए ।  त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले एक वर्ष भित्रै जनताले स्मार्ट सिटीको सामान्य परिवर्तन देखिने बताउँदै सरकारले देशभरका १० स्थानीय निकायलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने योजनामा तुलसीपुर समेत परेको जानकारी दिंदै यसले थप मद्दत गर्ने बताए ।

कार्यक्रममा न्यू आइटी भेन्चरका सिइओ कमल अधिकारीले स्मार्ट सिटीको अवधारणाका बारेमा जानकारी गराउँदै कम्पनीले पोखरामा स्मार्ट सिटीको प्रक्रिया अगाडि बढाइसकेको र तुलसीपुरलाई पनि नमूना स्मार्ट सिटी बनाउने बताएको थियो ।