“के”: मातृभाषि फिल्महरुमा धेरै अवार्ड जित्ने पहिलो फिल्म

१६ भाद्र २०७८, बुधबार १३:४३

काठमाडौं ।

पाँचथरमा निर्माण गरिएको लिम्कबू कथानक चलचित्र ‘केः’ लिम्बू मातृभाषि फिल्महरुमा चार वटा अवार्ड जित्ने पहिलो फिल्म बनेको छ ।

यहि अगस्त २१ र २२ मा अमेरिकाको न्यूयोर्कमा नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा सम्पन्न नेपाल इन्डिजिनियस फिल्म फेस्टिवल (निफ्फ) मा ‘वेस्ट स्टोरी’ अवार्ड जितेसँगै चलचित्र ‘केः’ याक्थुङ (लिम्बूं) मातृभाषि फिल्महरुमा चार वटा अवार्ड जित्ने एक्लो फिल्म बनेको हो ।

हालसम्म अन्य कुनै पनि याक्थुङ (लिम्बूं) मातृभाषि फिल्महरुले यतिको संख्यामा अवार्ड प्राप्त गरेका छैनन् । ‘केः’ ले यसअघि नेपाल आदिबासी जनजाति चलचित्र महोत्सव २०७६ मा सर्बोकृष्ट अवार्ड, एफएलएफ अवार्ड २०२० मा उत्कृष्ट अवार्ड र जोमो गान फिल्म अवार्ड २०२० थाइल्याण्डमा टप सेलेक्सन अवार्ड प्राप्त गरेको थियो ।

पाँचथरका विभिन्न धार्मिक, ऐतिहासिक र रमणीय स्थानहरुमा छायाङ्कन गरिएको ‘केः’ मा मधुराज केरुङ, बबिता फोम्बो, प्रेम ओझा, रुपा आङ्बुहाङ, मनकुमार केरुङ, सुक्मिता केरुङ, डिआर हाङसरुम्बा, कमल घिमिरे, संघर्ष खतिवडा, दीपक खनाल, अप्सरा न्यौपाने, सन्देश सुब्बा लगायतले अभिनय गरेका छन् ।

चलचित्रको निर्देशन लेखक, निर्देशक सागर केरुङले गरेका छन् । ‘के’ अर्थात् ‘च्याब्रूङ’ याक्थुङ (लिम्बूं) जातिको साँस्कृतिक बाजा ।

बिबाह उत्सव, नयाँ घर सर्दा अनि विभिन्न पर्व र अवशरहरुमा च्याब्रुङ नाच्ने परम्परा छ । याक्थुङ (लिम्बूं) समुदायमा यसको आफ्नै किसिमको साँस्कृतिक महत्व, मान्यता र लोक विश्वास छ ।