काठमाडौं ।
प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका६ शिवालय चोकबाट पेस्तोलसहित दुई व्यक्तिलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पथरी र सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरी शनिश्चरेको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।
मंगलबार राति करिब सवा ११ बजे ३० वर्षीय रुद्रबहादुर क्षेत्रीलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा ३० वर्षीयय पूर्णबहादुर बोहरा पक्राउ परेका थिए ।
उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
