करणीको आरोपमा दुई अभियुक्त पक्राउ

१५ भाद्र २०७८, मंगलवार १३:२५

काठमाडौं ।

प्रहरीले करणी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका(२ लेखगाँउका ३२ वर्षीय राकेश राई र ओखलढुंगाका सिद्धिचरण नगरपालिका(११ बस्ने २९ वर्षीय यौवन ताम्राकार रहेका छन् ।

राई र ताम्राकार दुवैलाई महिलामाथि करणी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

राईले १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लगाइएको छ भने ताम्राकारले २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोग लगाइएको छ ।