सरकारले गर्यो माग कार्यान्वयनका लागि समिति गठन

१५ भाद्र २०७८, मंगलवार १२:२६

काठमाडौं ।
डा. गोविन्द केसीसँग गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि समिति गठन गरेको छ। मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समिति गठन भएको हो।

समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सदस्य रहेका छन्।