अमेरिकाले गर्यो पाँचवटा रकेट बीचमै नष्ट

१५ भाद्र २०७८, मंगलवार १०:५९

काठमाडौं ।

अफगानिस्तानको काबुल एयरपोर्टलाई लक्षित गरी पाँचओटा रकेट आक्रमण भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार सोमबार भएको यो आक्रमणलाई अमेरिकी एन्टी मिसाइल सिस्टमले बीचमै नष्ट गरिदिएको छ ।

अहिलेसम्म कुनै क्षति भएको समाचार आएको छैन । अहिले अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धारको काम गरिरहेको छ ।

मंगलबार अमेरिका अफगानिस्तानबाट पूर्णरुपमा बाहिरिँदै छ । अहिलेसम्म यो रकेट आक्रमण कसले गरेको हो भन्ने स्पष्ट भएको छैन ।

यसअघि आइतबार अमेरिकाले ड्रोन आक्रमणमा गरेको थियो । यो आक्रमणमा इस्लामिक स्टेट समूहको एयरपोर्टमा आत्मघाती आक्रमण गर्न आइरहेका व्यक्ति मारिएको अमेरिकी अधिकारीले बताएका छन् । अमेरिकाले अफगानिस्तानमा गत बिहीबार पनि ड्रोन आक्रमण गरेको थियो ।

इस्लामिक स्टेटलाई लक्षित गरी गरिएको उक्त आक्रमणमा काबुल आक्रमणका प्रमुख योजनाकार मारिएको अमेरिकाको दाबी छ ।