
काठमाडौं ।
पछिल्लो समयकी हिट अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । ‘ड्रिम्स’ फिल्मबाट अभिनयमा डेब्यु गरेकी साम्राज्ञीको दर्शकमा राम्रो क्रेज छ । उनी अभिनित केही फिल्म हिट छन्, त केही फ्लप । तर पनि उनका लागि फिल्मका भने ताँती छन् ।
केही अगाडि अभिनेता भुवन केसीसँगको विवादका कारण चर्चाको बिषय बनेकी उनी प्रेमीसँगको अन्तरंग तस्बिरले मिडियामा बारम्बार छाउने गर्छिन् ।
कोरोना कहर सुरु भएदेखि भने उनी चुपचाप छिन् । उनी कहाँ छिन्, के गर्दैछिन् बाहिर त्यति आएको छैन ।
सामाजिक सञ्जालबाट भने उनले बेला बेलामा कपडाको प्रचार गरेको देखिन्छ । कतिपयले उनी अनलाइन मार्फत कपडा व्यवसाय गरिरहेको अनुमान गरेका छन् ।
पछिल्लो समय उनको ‘मारुनी’ र ‘रातो टीका निधारमा’ फिल्म रिलिज भएको थियो । दुबै फिल्मले बक्स अफिसमा राम्रो ब्यवसाय गर्न सकेन ।
निषेधाज्ञाअघि फिल्म ‘तिम्रो मेरो साथ’ को छायाँकन सकाएकी उनी अहिले भने कपिल रिजालको निर्देशन रहने एक फिल्ममा काम गर्ने तरखरमा रहेकी छन् ।
