
काठमाडौं ।
बलिउड अभिनेता अरमान कोहली पक्राउ परेका छन्। नारकोटिक्स नियन्त्रण ब्यूरो (एनसीबी) ले उनलाई ड्रग्सको प्रयोग र कारोवारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो।
एनसीबीले मुम्बईको अधेरी स्थित अरमान कोहलीको घरमा छापा मारेको थियो। त्यसक्रममा उनको घरबाट थोरै मात्रामा कोकिन फेला परेको थियो।
अरमान कोहलीका साथै ड्रक्स कारोवारी राजु सिंहलाई समेत पकाउ गरिएको छ। अरमान बिग बोसुका पूर्व प्रतिस्पर्धी हुन् ।
उनले जानी, दुश्मनु र प्रेम रतन धन पायो लगायत फिल्महरुमा अभिनय गरिसकेका छन्।
