जिम्बावेका राजाले एभरेस्ट प्रिमियर लिग खेल्ने

१४ भाद्र २०७८, सोमबार १३:५४

काठमाडौं ।
जिम्बावेका ब्याट्सम्यान सिकन्दर राजाले एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम विराटनगर वारियर्सबाट खेल्ने भएका छन्।
उनीसँग यो सिजनका लागि सम्झौता भएको विराटनगरले जनाएको छ।

जिम्बावेका लागि १०५ एकदिवसीय, १७ टेस्ट र ४२ टी २० खेलेका उनीसँग पाकिस्तान सुपर लिग र क्यारेबियन प्रिमियर लिग खेलेको अनुभव पनि छ।

चौंथो संस्करणको इपिएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म सञ्चालन हुने तयारी भइरहेको छ ।