
काठमाडौं ।
आगामी भदौ २० गतेदेखि काठमाडौंका दुई वटा लाइसेन्स कार्यालयले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक (ट्र्रायल) परीक्षा पुन सुरु गर्ने भएका छन् ।
कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगैदेशभर लाइसेन्सको परीक्षा बन्द भएको थियो ।
यातायत व्यवस्था विभागका प्रवक्ताका अनुसार भदौ २० गतेपछि क्रमैसँग देशभरका लाइसेन्स कार्यालयले परीक्षा फेरि थाल्नेछन् । ‘
कोभिड १९ संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन समबन्धी मापदण्ड(२०७८’ नै जारी गरेर परीक्षा सुरु गर्न लागिएको उनले बताए ।
परीक्षार्थीले अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र आफ्नो पीउने पानीको व्यवस्था गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।
परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीहरूको शारीरिक तापक्रम मापन गर्नुपर्ने लगायतका व्यवस्था पनि गरिएको छ ।
प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउने, कोभिड १९ संक्रमण भएका परीक्षार्थीहरुलाई निको भएपछि निजको रिपोर्ट हेरेर प्राथमिकतापूर्वक परीक्षामा सामेल गराउने लगायतका व्यवस्था पनि मापदण्डमा छ ।
तोकिएको समयमा उपस्थित हुन नसक्ने परिक्षार्थीलाई अनुपस्थित भएको मानिने रसोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामा समेत सहभागी नगराउने नियम बनाइएको छ ।
