दाङमा चिकित्सकहरु आन्दोलित

१४ भाद्र २०७८, सोमबार १२:५३

काठमाडौं ।

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंह मेसुमाथि मोसो दल्नेलाई प्रहरीले पक्राउ नगरेको विरोधमा घोराहीमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

दोषीलाई कारबाही र स्वास्थ्यकर्मीलाई सुरक्षाको माग गर्दै अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेर स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन्।

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीको समूहले भदौ ११ गते दिउँसो डा. सिंहलाई कार्यकक्षमै प्रवेश गरी मोसो दलेका थिए ।

हालसम्म कालोमोसो दल्ने व्यक्ति पक्राउ नपरेपछि स्वास्थ्यकर्मीहरु लगातार विरोधका कार्यक्रम गर्दै आइरहेका छन् ।

घटनामा संलग्नको खोजी गर्न डिएसपी मुकुन्द रिजालको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।