
आयोखबर संवाददाता
काठमाडौं
जापानमा मोडर्ना कोभिड-१९ को खोप लगाएको दुई दिन पश्चात दुई व्यक्तिको ज्यान गएको छ । उक्त घट्ना घटेलगतै मोडर्ना कोभिड-१९ को खोप वितरणमा रोक लगाइएको छ ।
घट्नाप्रति चासो राख्दै जापानको स्वास्थ्य तथा मजदुर कल्याण मन्त्रालयले उक्त भ्याक्सिनमा विषादी मिसिएको हुन सक्ने अनुमान गरेको छ ।
भ्याक्सिन वितरक टकिडा प्यारासिटामोल कम्पनी र मन्त्रालयको अनुसार हालसम्म मृत्यु मोडर्ना कोभिड-१९ खोपकै कारण भएको हो भनेर प्रमाणित भने भएको छैन ।
यसबारे मोडर्ना कोभिड-१९ भ्याक्सिन उत्पादकले छुट्टै अनुसन्धान गर्दै छ भने जापानको स्वास्थ्य मन्त्रालय र टकिडा प्यारासिटामोल कम्पनिले पनि यसबारे छुट्टै अनुसन्धान जारी राखेको छ ।
उक्त घट्ना पछि जापानमा लगभग १.६३ अरब भ्याक्सिन डोज हाललाई निलम्बन गरिएको छ ।
(सो्रतः सिएनएन)
