आयोखबर संवाददाता
काठमाडौं
अफगानिस्तानमा तालिबानले सता कब्जामा लिएसँगै धेरै नागरिकहरु अन्यत्र गइरहेका छन् । तालिबानले सारिया कानुन लागु गर्ने कुरा विश्वमाझमा चर्चा चलिरहँदा अफगानिस्तानका महिलाहरुको अधिकार हनन् हुने कुरा एम्नेस्टीले पनि ओकालत गर्दै आएको छ ।
देश छोड्ने महिलाको संख्या बढिरहँदा तालिबानका प्रवक्ता जबिउल्लाह मजुदाले महिलाको अधिकार हनन नगर्ने कुरा ब्यक्त गरेका छन् । उनले भनेका छन्, “महिलाहरुलाई विभेद गर्दैनौँ ।”
(स्रोतः सिएनएन)
