बरामद कोकिनको मूल्य झन्डौ नौ करोड

१४ भाद्र २०७८, सोमबार ११:३०

 

काठमाडौं ।

लागुऔषध नियन्त्रण ब्युरोले हिजो बरामद गरेको दुई किलो ९ सय ६६ ग्राम कोकिनको मूल्य लगभग नौ करोड पर्न आउने प्रहरीले जनाएको छ ।
उक्त लागुऔषध ‘कतार हुँदै काठमाडौंको ट्रान्जिट भएर भारतको दिल्ली लैजान खोजिएको थियो ।

ब्युरोले सुचना पाए लगतै त्रिभुवन विमानस्थलबाट नैसंदिग्ध व्यक्तिलाई निगरानीमा राखेको थियो । ब्युरोले व्यापक अप्रेसनपछि अन्ततः सबैलाई पक्राउ गर्न सफल भएको हो।

प्रहरीका अनुसार बरामद लागुऔषध कोकिनको अवैध बजार मूल्य करिब नौ करोड रुपैयाँ छ ।

दश वर्षको अवधिमा प्रहरीले हालसम्म ५१ किलो सात सय ९६ ग्राम कोकिन बरामद गरिसकेको छ ।