काठमाडौं
अविरल वर्षाका कारण दार्चुलाका विभिन्न भेगमा तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।पहिरोले घर पुरिँदा दुहु गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशा महरको मृत्यु भएको छ ।
यस्तै दुहु गाउँपालिकाको वडा नम्बर ५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको छ ।त्यस्तै वडा नम्बर ३ निजाङगाडमा बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की दुई जना बेपत्ता भएका छन् ।
बाढिले घरजग्गासहित पूल जलविद्युत, पानी घट्ट र पशुचौपापायामा समेत क्षति पु¥याएको छ । आइतबार राति आएको बाढिपहिरोले दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा क्षति पर्यमएको हो ।
यो क्षेत्रमा पाँचवटा पसल, दुईवटा लघु जलविद्युत् आयोजना, चारवटा झोलुंगे पुल र एउटा पक्की पुल पनि बगेको स्थानीयले बताएका छन् ।
निजाङगाडकै खोलाले दार्चुला–तिंकर सडक मोटरेबल पुल, दुइटा झोलुंगे पुल बगाएको छ । यो क्षेत्रमा रहेका आधा दर्जन घर र पसलहरु पनि बगाएको छ ।
