एप्पलले नयाँ आइफोन सार्वजनिक गर्ने

१३ भाद्र २०७८, आईतवार १५:५१

एप्पलले यो वर्ष लञ्च गर्ने आइफोन १३ सिरिजको लागि हालै सार्वजनिक भएको एक रिपोर्ट अनुसार आगामी सेप्टेम्बर १४ मा एप्पलले आफ्नो नयाँ आइफोन सार्वजनिक गर्ने बताइएको छ ।

सेप्टेम्बर १४ मा आयोजना हुने एप्पलको विशेष समारोहमा आइफोन १३, आइफोन १३ प्रो, आइफोन १३ प्रो म्याक्स तथा आइफोन १३ मिनी सार्वजनिक हुनसक्ने बताइएको छ ।

समाचार अनुसार १४ सेप्टेम्बरमा सार्वजनिक गरिएपश्चात् १७ सेप्टेम्बरमा आइफोनको प्रि(बुकिङ सुरु हुनेछ र २४ सेप्टेम्बरबाट आइफोन १३ सिरिजको बिक्री सुरु हुनेछ ।

आइफोन १३ सिरिजको बारेमा सार्वजनिक गरिएका समाचारमा दाबी गरिएअनुसार आइफोन १३ सिरिजका फोनमा पनि उत्कृष्ट फिचरहरू सहितको क्यामरा हुनेछन् ।

म्याक युर्मर्सको एक रिपोर्ट अनुसार आइफोन १३ प्रो मा अत्याधुनिक अल्ट्रा वाइड लेन्स हुनेछ । यसमा अटोफोकस सपोर्ट रहनेछ । आइफोन १२ मा फिक्स्ड फोकल लेन्थ क्यामरा थियो ।

आइफोन १३ सिरिजमा एप्पलको A15 चिपसेट रहनेछ जुन A14 बायोनिक चिपसेटको अपग्रेडेड भर्सन हो । यसका साथमा उच्च रिफ्रेस रेट प्राप्त हुनेछ ।

नयाँ मोडेलको आइफोनमा नयाँ फेस आइडी हार्डवेयर रहनेछ । जसको मद्धतले प्रयोगकर्ताले फेस मास्क लगाएरै वा चश्मामा वाफ हुँदा समेत फोन अनलक गर्न सक्नेछन् ।

आइफोन १३ सिरिजमा फ्रन्ट क्यामराको ठाउँमा केही परिवर्तन हुन सक्दछ । को रिपोर्ट अनुसार एप्पलले आफ्ना कर्मचारीहरुलाई नयाँ फेस आइडीको परीक्षणका लागि एक नयाँ विशेष खोल प्रदान गरेको छ ।

फेस आइडीका अलावा एप्पलले इन डिस्प्ले टचआइडी फिंगरप्रिन्ट प्रविधिमा पनि काम गरिरहेको बताइएको छ ।