फर्कायो अमेरिकाले अफगानिस्तानबाट आफ्नो नागरिक

१३ भाद्र २०७८, आईतवार १२:१३

एजेन्सी

अफगानिस्तानको सत्ता कब्जा गरेयता अमेरिकाले १ लाखभन्दा बढी आफ्ना नागरिकलाई अमेरिका फर्काएको छ ।

ह्वाइट हाउसको पछिल्लो अपडेट अनुसार काबुलको हामिद करजई हवाई एयरपोर्टबाट करिब १ लाख ११ हजार ९ सय मानिस अमेरिकाले निकालेको छ ।

बिहीवार भएको आत्मघाती हमलापछि शनिवारसम्ममा अमेरिकाले करिब ६ हजार ८ सय नागरिकको उद्दार गरेको जनाएको छ ।

अमेरिकी सेनाले ३२ उडानमा करिब ४ हजार नागरिक र अन्य सहयोगी देशको ३४ उडानमा २ हजार ८ सय नागरिकको उद्दार गरिएको छ ।

जुलाई अन्तिमदेखि अहिलेसम्म १ लाख १७ हजार ५ सय नागरिकले देश छाडेको बताइएको छ ।