
आयो खबर संवाददाता
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक कार्यकालपछि अध्यक्ष पदमा नबस्ने घोषणा गरेका छन्।
शनिबार ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले तत्काल अरु कुनै पार्टीसँग एकता नहुने पनि स्पष्ट पारे ।
नेपालले देशव्यापी रुपमा सङ्गठन विस्तार गरेर पार्टीलाई थप बलियो बनाउने बताउँदै लोकतान्त्रिक शक्तिसँगको सहकार्यलाई पनि निरन्तरता दिने बताए ।
अध्यक्ष नेपालले पार्टीको लडाइ विचार र सिद्धान्तको भएको भन्दै आफूलाई छाडेर एमालेमै बसेका दोस्रो तहका नेतालाई पनि आउन आग्रह गरे ।
