
काठमाडौं।८हजार ७ सय २२ पीसीआर परीक्षणमा १ हजार ५ सय ७७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ५६ हजार ४ सय ८५ पुगेको छ ।शुक्रबार थप २ हजार ३ सय ३७ डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार थप २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको । यस्तै कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १० हजार ६ सय ६३ पुगेको छ ।
