काठमाडौं। ९ हजार ७ सय ०२ पीसीआर परीक्षणमा २ हजार ७२जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ५४ हजार ९ सय ८ पुगेको छ ।बिहिबार थप १ हजार ९ सय २१जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार थप २६जनाको कोरोना संक्रमणबाट मृत्यु भएको । यस्तै कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १० हजार ६ सय ३८ पुगेको छ ।
