१ हजार ८ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि, ४४ को मृत्यु

९ भाद्र २०७८, बुधबार १७:००

काठमाडौं। ९ हजार ७ सय ११ पीसीआर परीक्षणमा १ हजार ८ सय ६२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ५२ हजार ८ सय ६३ पुगेको छ ।यस्तै, बुधबार थप १ हजार ७ सय ८१ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार थप ४४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको । यस्तै कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १० हजार ६ सय १२ पुगेको छ ।