तीन दिनमा नेप्से १२२. अंकले घट्यो

९ भाद्र २०७८, बुधबार १६:०९

 

काठमाडौँ । गत विहीबारदेखिनै घट्न थालेको शेयर बजार बुधबार पनि झण्डै ५० अंकले घटेर बन्द भएको छ।गत तीन कारोबार दिनमा नेप्से सूचक १२२.५८ अंकले घटिसकेको छ। बुधबार पनि नेप्से सूचक ४८.४२ अंकले घटेर ३०७६.४५ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि साढे ९ अंकले झरेको छ।घटेको बजारमा कारोबार रकम पनि घट्दो क्रममा देखिएको छ। मंगलबार १६ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम साढे ८ अर्बमा झरेको छ।यस दिन ८ अर्ब ५० करोड ६७ लाख ८१ हजार ४१४ रुपैयाँ बराबरको १ करोड ३३ लाख ७९ हजार ८४७ कित्ता शेयर कारोबार भएको छ।