थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि, ३५ को मृत्यु

८ भाद्र २०७८, मंगलवार १७:३७

काठमाडौं। ९ हजार ९०९ नमूनाको पीसीआर परीक्षणमा २ हजार २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ५१ हजार १ पुगेको छ ।यस्तै, मंगलबार थप २ हजार ८६ जना डिस्चार्ज भएका छन् र डिस्चार्ज हुनेको संख्या ७ लाख २ हजार १८३ पुगेको । मन्त्रालयका अनुसार थप ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको । यस्तै कोरोना संक्रमणबाट मृत्यु हुने संख्या १० हजार ५६८ पुगेको छ ।