
काठमाडौ। विद्युत नियमन आयोगले हाइड्रोपावर कम्पनीहरूको शेयर अध्ययन गरेर मात्रै गरिद गर्न भनेपछि अधिकाँश हाइड्रोपावर कम्पनीको शेयरमा प्यानिक सेल देखिएको छ।
गत बिहीबार समेत उच्च अंकले घटेको हाइड्रोपावर उपसमूहकाे सूचक मंगलबार पनि घटेको छ। यस दिन कारोबारमा आएका अधिकाँश हाइड्रोपावर कम्पनीको शेयर नकारात्मक सर्किट लागेर घटेको छ।
मंगलबार दिउसो दुई बजेसम्ममा ११ वटा भन्दा धेरै हाइड्रोपावर कम्पनीको शेयर नकारात्मक सर्किट लागेर घटेको छ।उच्च रुपले शेयरमूल्य घट्नेमा आँखुखोला,जोशी हाइड्रोपावर,खानीखोला हाइड्रोपावर, युनियन हाइड्रोपावर, रुरु हाइड्र्रोपावर लगायतका कम्पनी रहेका छन्।
२ बजेसम्ममा हाइड्रोपावर उपसमूहको सूचक समेत ४.८६ प्रतिशतले घटेर ३५६८.९३ विन्दुमा झरेको छ।
विद्युत नियमन आयोगले विज्ञप्ति जारी गर्नुअघि हाइड्रोपावरको शेयरमूल्य उच्च रुपले बढेको थियो। तर नियमन आयोगले विभिन्न सूचकहरुको अध्ययन गरेर मात्रै लगानी गर्न आग्रह गदै हकप्रद जारी गर्न दिने निर्णय नभइसकेको समेत प्रस्ट पारेको थियो। सो पश्चात हाइड्रोपावरको शेयरमूल्य उच्च रुपले घटेको छ।
