अफगानिस्तानबाट ११८ नेपाली काठमाडौं आइपुगे

१ भाद्र २०७८, मंगलवार १२:४७

काठमाडौं । अफगानिस्तानबाट पहिलो खेपमा १ सय १८ नेपाली नेपाल फर्किएका छन् । अमेरिकी दूतावासमा सुरक्षा गार्डको रुपमा कार्यरत उनीहरूलाई अमेरिकाले नै नेपाल फर्काइदिएको हो ।

उनीहरु काबुलबाट कतार र कुवेत हुँदै मंगलबार बिहान काठमाडौं आइपुगेका हुन । अफगानिस्तानबाट उद्धार गरी ल्याइएका उनीहरुले मलिनो अनुहार पार्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिएका देखिन्थे । उनीहरुले संचारर्कीसँग खास्सै कुरा गर्न चाहेनन् ।