वली र शाहीलाई सांसदबाट हटाउन सभामुखलाई पत्र

१ भाद्र २०७८, मंगलवार १२:२५

बुटवल । लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री अजय शाही र सांसद बिमला खत्री वलीलाई पदमुक्त गर्न नेकपा एमालेले सभामुखलाई पत्र बुझाएको छ । शाही र वलीलाई पदमुक्त गर्न एमालेले पूर्णबहादुर घर्तीलाई मंगलबार पत्र बुझाएको हो।

एमाले संसदीय दलका मुख्यसचेतक भुमिश्वर ढकालले एमालेको सूर्य चिन्ह लिएर निर्वाचित शाही र बिमला ओलीले पार्टीको विधान , संसदीय दलको विधान नियम विपरीत र पार्टीको निर्देशन विपरीत गतिविधि गरेकोले पदमुक्त गर्न गर्न प्रदेशसभामा पत्र बुझाएको जानकारी दिनुभएको छ ।

‘उहाँहरुले पार्टीको नीति निर्देशन मान्नु भएन पार्टीको ह्विप विपरीत तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारको नीति तथा कार्यक्रम असफल गर्न मतदान गर्ने, तथा संसदीय दलको निर्देशन विपरीत नवगठित मन्त्रीपरिषदमा सहभागी हुने गरेकोले पदमुक्त गर्नका लागि पत्राचार गरेका हौं, ढकालले भन्नुभयो ।