दल विभाजन अध्यादेश ? मन्त्रिपरिषद् बैठक बस्दै

१ भाद्र २०७८, मंगलवार १२:१५

काठमाडौं । सरकारले राजनीितिक दल विभाजनको लागि सजिलो प्रावधानसहितको अध्यादेश ल्याउने तयारी गरिरहेको टिकाटिप्पणी भइरहेको बेला मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन बैठक राखेको हुनसक्ने राजनीतिक बिश्लेषकहरुको अनुमान छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र ऊर्जामन्त्री पम्फा भुसाल  र मुख्यसचिव सहभागी हुनुभएको छ । सरकारले बजेट प्रतिस्थापन अध्यादेश पनि ल्याउने तयारी गरिरहेको छ । साथै पुनस्स्थापित संसदमा पेस नभएका कारण निष्क्रिय भएका अध्यादेश पनि जारी गर्नेबारे मन्त्रिपरिषदले निर्णय लिने स्रोतले जनाएको छ ।