राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य

३२ श्रावण २०७८, सोमबार १६:१२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्नुभएको छ । राष्ट्रपतिले सरकारको सिफारिस अनुसार संसदको अधिवेशन अन्त्य गर्नुभएको हो ।

भण्डारीले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसदको अधिवेशन अन्त्य गर्नुभएको भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जानकारी गराउनु भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकपछि सरकारले आज राति १२ देखि संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । राष्ट्रपतिले सरकारको सिफारिस अनुसार संघीय संसदको अधिवेशन शुरु र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।