तालिवानसँग मित्रतापूर्ण सम्बन्ध हुने चीनको ‘सिग्नल’

३२ श्रावण २०७८, सोमबार १५:१३

काठमाडौं । चीनले युद्धबाट अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएको तालिवानसँग सम्बन्ध मित्रतापूर्ण हुने ग्रिन सिग्नल’ दिएको छ। तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेको भोलिपल्ट सोमबार चीनले उसलाई ‘ग्रिन सिग्नल’ दिएको समाचार संस्था एफपीले उल्लेख गरेको छ।

यसअघि गत जुलाईमा तालिवान नेता अब्दुल गनी बारदारबाट भएको चीन भ्रमणमा चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएको थियो ।

हाल काबुलमा रहेका चीनका दूतावास खुलै छन्। रुसले पनि आफ्नो दुतावास बन्द गरेको छैन। अमेरिकी र उसका सहयोगी मुलुकका दूतावासहरु भने बन्द भइसककेका छन्। चीनले दूतावास बन्द गर्ने कुनै योजना नरहेको बताउँदै त्यहाँ रहेका आफ्ना नागरिक तथा दूतावासका अधिकारीहरुलाई ‘भित्रै बस्‍न’ र अलर्टमा रहन निर्देशन दिएको छ।