
काठमाडौं । आज साउनको अन्तिम सोमबार, हिन्दूहरुको आस्थाकेन्द्र पशुपतिनाथसहित विभिन्न शिवमन्दिरमा भक्तजनको भीड लागेको छ ।
कोरोना भाइरस महामारीका कारण पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि बन्द छ । मुख्य मन्दिर दर्शन गर्न नपाए पनि पशुपतिनाथको प्रवेशद्वारमा आज थामिनसक्नुको भीड लागेको छ ।
यसपल्ट साउनमा ५ सोमबार परेकाे छ । ५ सोमबार परेकाेकाे साउनलाई अन्यकाे तुलनामा बिशेष मानिन्छ । त्यसबाहेक अन्तिम सोमबार विशेष पूजा गरी साउनको व्रत सम्पन्न गनुपर्ने भएकाले पनि मन्दिरपरिषरमा व्रतालुहरुको भीड लागेको हो । कोरोना बढिरहेको स्थितिमा स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गर्नुपर्नेमा आनवश्यक भीडले संक्रमणको जोखिम बढाएको छ । भीडमा कतिपयले मास्कसमेत लगाएका थिएनन् ।
