कारले स्कुटीलाई ठक्कर दिँदा युवतीको मृत्यु

३२ श्रावण २०७८, सोमबार १०:१४

झापा । बाह्रदशी गाउँपालिकामा कारले स्कुटीलाई ठक्कर दिँदा युवतीको मृत्यु भएको हो। वडा नम्बर ७ मा आइतबार राति प्रदेश १–०१–० ०१ च ७२७७ नम्बरको कारले प्रदेश १–०१– ०१२ प १९४२ नम्बरको स्कुटीलाइृ ठक्कर दिएको हो ।

दुर्घटनामा स्कुटीको पछाडी सवार सिरहाको लहान नगरपालिका घर भएकी सरस्वती मगरको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटी चालक बाह्रदशी – ७ की प्रमिता कार्की गम्भीर घाइते भएकी छन् । उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ।