
काठमाडौं । कोरोना संक्रमित बढेसँगै मकवानपुरमा मालपोत र नापी कार्यालय बन्द गरिएकाे छ । ‘अत्यधिक लाइन हुने गरेको मालपोत र नापी संक्रमणको जोखिम क्षेत्र हो । त्यसकारणले केही दिनको लागि बन्द गरेका हौ’ मकवानपुरका प्रमुख जिल्ला अधिकाकारी भरतमणि पाण्डेले भने ।
प्रशासनले पनि आलोपालो सेवा शुरु गरेको छ । नागरिकता, राहदानी वितरण र नविकरणसम्बन्धी सेवा सातामा फरक फरक दिनमा प्रवाह गर्ने व्यवस्था गरेको छ । मकवानपुरमा साढे ३ महिनादेखि निषेधाज्ञा जारी छ ।
क्रमश खुकुलो बनाएको निषेधाज्ञालाई प्रशासनले पुनः कडाई गर्दै लगेको छ । गत सोमबारदेखि निजी तथा सार्वजनिक सवारी साधानमा जोरबिजोर प्रणाली, व्यवसाय संचालनमा समयसीमा तोकिएको छ । खाद्यान्न, माछा मासु, र तरकारी लगायतका पसलहरु बिहान ५ देखि १० बजेसम्म खोल्न पाइने आदेश जारी गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
