प्रहरी पेट्रोल पम्पमा भ्रष्टाचार ! एक करोड बढी बिगाे माग गर्दै असईविरुद्ध मुद्दा

३१ श्रावण २०७८, आईतवार १८:४१

काठमाडौं । नेपाल प्रहरीको नक्सालस्थित पेट्रोल पम्पमा अनियमितता भएको ठहरसहित विशेष अदालतमा मुद्दा दर्ता भएको छ । प्रहरी कल्याण कोषद्वारा संचालित पेट्रोल पम्पमा कार्यरत  प्रहरी सहायक निरीक्षक असईविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायरभएको हाे ।

प्रहरी कल्याण कोषद्वारा संचालित पेट्रोल पम्पमा अनियमितता भएको ठहरसहित त्यहाँ कार्यरत असई दिलिप कार्कीविरूद्ध मुद्दा दर्ता भभएको हो । विशेष अदालतमा दर्ता भएको मुद्दामा असई कार्कीसँग १ करोड ३ लाख ९७ हजार ९ सय ३७ रूपैयाँ बिगो असुल्न माग गरिएको छ ।

बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरेको अनुसन्धानबाट देखिएकोले त्यो रकम बराबरको सार्वजनिक सम्पत्ति हानी नोक्सानी भएको ठहरसहित मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभएको छ ।