चिया पिउँदै हुनुहुन्छ ? बगानमै यसरी हालिन्छ घातक बिषादी

३१ श्रावण २०७८, आईतवार ११:४७

काठमाडौं । घर होस् या अफिस सबैतिर आगन्तुकलाई प्रायः चियाले सत्कार गरिन्छ । टत्रयाउनलाई छरितो, पिउनेको लागि पनि सजिलो । अधिकाँशले कसैलाई फोन गर्दा हेल्लोपछि चिया खानु भो ? भनेर सोध्ने गर्छन् । कुन समयमा खाने ? कतिसम्म खाने केही ठेगान हुँदैन चियाको । प्रायको भेटघाट र गफगाफमा सहगोगी बन्ने गरेको छ चिया । यसलाई मुडफ्रेस गर्ने परिकारको रुपमा लिइन्छ । शुद्ध खालकै खाए पनि चिया स्वासथ्यको लागि त्यति फाइदाजनक भने मानिँदैन । यसले स्वास्थ्यमा थोरैधेरै हानी गर्छ नै । तर त्यही चिया नै हानिकार अर्थात् बिषादीयुक्त भयो भने कस्तो होला ? नेपालमा उत्पादित चियामा बिषादी हालिने गरेको पाइएको छ । चिया उत्पादकले बगानमै हानिकारक अर्थात् घातक खालका बिषादी हाल्न थालेका छन् ।

संयुक्त अनुगमन समितिले हालै कन्याम चिया बगानको विषादी भण्डारण गृह सिल गर्‍यो। कडा विषादी प्रयोग मापदण्डविपरीत हुने गरेकाले अनुसन्धान गर्नुपर्ने त्यससम्बन्धी सूचनामा जनाइयो। बगानको स्वामित्व लिएको चिया विकास निगमले तीन दिनपछि गल्ती स्वीकार गरको छ । बगान व्यवस्थापकले नयाँ कर्मचारीले भूलवश विषादी प्रयोग गरेको जनाउँदै गल्ती स्वीकार गरेका हुन् ।

अनुगमन समितिले अनुसन्धान गर्दा कन्याम चियामा क्लोरोपाइरिफस, साइपर मेथिन लगायतका बिषादी हालेकाे भेटिएको छ । यी विषादी छर्किएपछि २१ दिनसम्म कुनै पनि कृषिउपज खानुहुँदैन । तर, हातले टिपेको चिया मेसिनले पनि टिप्ने गरिन्छ । फेरि सात दिनमै टिप्न मिल्छ। ‘एल्लो लेबलको भए पनि यसको पर्खने समय कम्तीमा २१ दिन हुन्छ। किसानले त्यति समय पर्खेर चिया टिप्ने कुरो हुँदैन । बिषादी पातमा लागेपछि जरासम्मै विषाक्त हुने भएकाले यसको प्रयोग हानिकरक हुने स्वास्थ्यकर्मी बताउँछन् ।