
काठमााडौं । अफगानिस्तानको विद्रोही समूह तालिवानले राजधानी काबुल आसपासका क्षेत्र कब्जामा लिएपछि अमेरिकाले आफ्जनो दूतावासमा कार्यरत नेपालीलाई स्वदेश फिर्ता गर्ने भएको छ । अमेरिकी दूतावासमा अहिले करिब ३ सय जना नेपालीले सुरक्षा दिइरहेका छन् ।
अमेरिकी दूतावासमा कार्यरत एक नेपाली काबुलबाट टेलिफोनमा दिएको जानकारी अनुसार उनीहरुलाई अमेरिकाले विमानमा कुनै पनि बेला नेपाल पठाउन सकिने भनेको छ । ‘यहाँको पछिल्लो अवस्था बिग्रिएको छ, धेरै अमेरिकी सेना फिर्ता भइसकेका छन् । हामीलाई फर्कन तयार भएर बस्न भनिएको छ, फिर्ता हुने दिन भने तोकिएको छैन’ दूतावासमा कार्यरत एक नेपालले सुरक्षा गार्डले भने ।
अमेरिकाकाले दुई दशकपछि सुरक्षाकर्मी सुरक्षाकर्मी फिर्ता लगेपछि अफगानिस्तान विद्रोही समूह तालिवानको घेरामा छ । त्यही विषयलाई मध्यनजर गरेर आफूहरुलाई अमेरिकी दुतावासले फिर्ता पठाउन लागेको ती नेपाली सुरक्षा गार्डले बताए । कान्तिपुर दैनिकमा खबर छ ।
