
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन फेरि सरेको छ । कांग्रेसले यसअघि भदौको तेस्रो साताको लागि तोकेको महाधिवेशन आगामी मंसिर ९ देखि १२ गतेकाे लागि सारेकाे हाे ।
केन्द्रीय कार्य समितिको शनिवार बसेको बैठकले भदौ २३ मा निर्धारित महाधिवेशन तीन महिना पछि धकेल्ने निर्णय गरेको हो ।
भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन भदौ १८ गते गर्ने निर्णय भएको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिनुभएको छ ।
