कांग्रेस महाधिवेशन फेरि सर्यो, मंसिर ९ देखि १२ सम्म गर्ने निर्णय

३० श्रावण २०७८, शनिबार १९:०१

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन फेरि सरेको छ । कांग्रेसले यसअघि भदौको तेस्रो साताको लागि तोकेको महाधिवेशन आगामी मंसिर ९ देखि १२ गतेकाे लागि सारेकाे हाे ।

केन्द्रीय कार्य समितिको शनिवार बसेको बैठकले भदौ २३ मा निर्धारित महाधिवेशन तीन महिना पछि धकेल्ने निर्णय गरेको हो ।

भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन भदौ १८ गते गर्ने निर्णय भएको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिनुभएको छ ।