अफगानी हिंसा प्रभावित २० हजार नागरिकलाई शरण दिने क्यानडाको घोषणा

३० श्रावण २०७८, शनिबार १२:२३

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले २० हजार अफगानीलाई शरण दिने घोषणा गरेका छन् । हिंसाबाट मुलुक छाड्न बाध्य भएका २० हजार अफगानीलाई क्यानडाले शरण दिने बताएका हुन् ।

प्रधानमन्त्री ट्रुडोले ट्वीट गर्दैं  शनिबार उक्त घोषणा गरेका हुन् । अफगानस्तानमा हाल तालिवानीले आक्रमण गरिरिहेको छ । हालसम्म अफगानस्तानका ३४ मध्ये १८ प्रान्तको राजधानी तालिवानीले कब्जा गरेको दावी गरेको छ ।

प्रधानमन्त्री ट्रुडोले अफगानिस्तानको अवस्था खराब हुँदै गएको बताउदै उक्त मुलुकका नागरिकहरुको जीवन रक्षाका लागि रिसेटलमेन्ट कार्यक्रम विस्तार विस्तार गर्ने बताएका छन् । जो कार्यक्रममा २० हजार प्रभावित नागरिकलाई शरण दिने उनाले बताएका हुन् ।