
काठमाडौं । पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य मात्रिका यादवले संसदमा राख्नु भएको अमर्यादित अभिव्यक्रि रेकर्डबाट हटाइने भएको छ । माओवादी केन्द्रका सांसद यादवले प्रतिनितिसभामा बिहीवार पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य सम्बन्धी अर्मादित अभिव्यति दिनुभएको थियो ।
सभामुख अग्निप्रसाद सापकोटाले सांसद यादवको अर्मादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन रुलिङ गर्नुभएको छ । प्रतिनिधिसभाकाे शुक्रबारको बैठकमा एमाले सांसदहरुले पूर्व मन्त्री यादवले बोलेका शब्द संसदीय मर्यादा र नियमावलीविपरीत रहेको भन्दै आपक्ति जनाएपछि सभामुख सापकोटाले त्यसलाई संसदको रेकर्डबाट सचिवालयलाई निर्देशन दिनुभएको हो ।
