काठमाडौं । इटा भट्टीमा पोलेर मान्छे मारेको आरोपमा थुनामा रहेका कांग्रेस नेता अफताव आलमलेआफू थुनाबाट छुट्न पाउनुपर्ने भन्दै कांग्रेस पूर्वमन्त्री मोहम्बद आफ्ताव आलमले दिएको निवेदनमा शुक्रबार सुनुवाइ नहुने भएको छ।
उनको निवेदन न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र कुमार चुडालको इजलासमा परेको थियो । तर हेर्न नमिल्नेमा परेको छ ।
२७ चैत २०६४ मा रौतहटमा बम विस्फोट गराएको र त्यसबाट व्यक्ति हत्या गरेको आरोप लागेर आलम थुनामा छन् । उनलाई थुन्नुपर्ने भनी जिल्ला अदालत रौटहटले दिएको आदेश उच्च अदालतले पनि सदर गरेको थियो ।
त्यही आदेश विरुद्ध आलम सर्वोच्च अदालत पुगेका हुन् ।
