३२६० कोरोना संक्रमित थपिए, ३२ जनाको मृत्यु

२८ श्रावण २०७८, बिहीबार १७:२०

काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय ६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार त्यस अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् । २ हजार २ सय ९४ जना संक्रमणमुक्त भएका छन् ।

देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख २५ हजार ७ सय ६९ जना पुगेको छ । एन्टिजेन विधिबाट ७२ हजार ८ सय ८२ जना पुगेको छ । संक्रमितमध्ये ६ लाख ७७ हजार ३ सय ७७ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

मुलुकमा कोरोनाबाट जीवन गुमाउनेको संख्या १० हजार २ सय १२ पुगेको छ । हाल कोरोना निको हुने दर ९दशमलव ३३ प्रतिशत रहेको छ भने देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १ सय ८० रहेको छ ।