नेप्से १६ अंकले बढ्यो, साढे १७ अर्बको कारोबार

२८ श्रावण २०७८, बिहीबार १५:४७

काठमाडौं । साताको अन्तिम कारोबारको दिन विहीवार नेप्से परिसूचक १६ दशमलव ३१ अंकले बढेर ३१७८ दशमलव ९१ अंकमा पुगेको छ । बिहीबार लगानीकर्ताको आकर्षण विकास बैंकमा देखिएको छ । आज ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता सेयर १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ रुपैयाँमा कारोबार भएको छ ।

विहीवार १ सय १२ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ८ कम्पनीको शेयर मूल्य स्थिर छ । कारोबारमा विकास बैंक उपसमूह ६ दशमलव ४० प्रतिशतले बढेको छ ।
विहीवारको कारोबारमा ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा महालक्ष्मी विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त, माउण्टेन इनर्जी नेपाल, रुरु जलविद्युत् परियोजना, रुरु जलविद्युत् परियोजना, कामना सेवा विकास बैंक र युनियन लाइफ इन्स्योरेन्स कम्पनी छन् ।