गर्भवती श्रीमती मारेर हत्यारा आफैंले प्रहरीलाई फोन गरेपछि…

२८ श्रावण २०७८, बिहीबार ११:५६

काठमाडौं। राजधानीको व्यस्त शहर चावहिलमा एक व्याक्तिले गर्भवती श्रीमतीको हत्यारा गरेर घटनाबारे जानकारी दिन आफैले प्रहरीलाई खबर गरेका छन् । मकवानपुरको हेटौंडा घर भइ काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षीय राम श्रेष्ठले २३ वर्षकी श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेका हुन् ।

घटनापछि उनी आफैंले  १०० नम्बरमा फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएको गौशाला प्रहरीले जनाएको छ । रञ्जना ६ महिनाकी गर्भवती थिइन । घटना लगत्तै सुरक्षाकर्मी टोली पुग्दा कोठाभित्र चुकुल लगाएर बसेको अवस्थामा अभियुक्त र ओछ्यानमा रन्जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

श्रीमतीसँग विवाद हुँदा आफूले घाँटी थिचेर हत्या गरेको भनेर श्रेष्ठले स्वीकारेको प्रहरीले जनाएको छ । डिएसपी केशव भट्टराईले घटनाको पुष्टि गर्दै अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।