
काठमाडौं । अब विद्यार्थीले पनि कोरोना भाइरस संक्रमणविरूद्ध खोप लगाउन पाउने भएका छन् । सरकारले परीक्षामा सामेल हुने विद्यार्थीलाई खोप दिने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षार्थीलाई प्रवेश पत्रका आधारमा खोप लगाउने व्यवस्था मिलाउने निर्णय गरेको हो। स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा झलक गौतमले अहिले परीक्षा दिइरहेका विद्यार्थीलाई कोरोनाविरूद्ध खोप दिन लागिएको बताउनु भएको छ ।
‘गौतमका अनुसार प्रहरी अस्पताल पानीपोखरी, सैनिक अस्पताल छाउनी, शशस्त्र प्रहरी अस्पताल बलम्बु र राधा स्वामी सत्संग केन्द्र बसुन्धाराबाट खोप लगाउने व्यवस्था मिलाइएको छ । खोप कहिलेदेखि लगाउन शुरु गर्ने ? भन्नेबारे भने जिल्ला स्वास्थ्य कार्यालयले निर्णय गरेपछि टुंगो लाग्नेछ । जिल्ला स्वास्थ्य कार्यालयमा जुन खोप उपलब्ध छ त्यही खोप विद्यार्थीलाई लगाइनेछ ।
